Sunday, April 23, 2023

तनहुँमा स्वर्णिम वाग्लेको अग्रता, भट्टराई दोस्रो स्थानमा

११ वैशाख, तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।

आज बिहान ६ बजेसम्म ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन् ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २२५१ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत पाएका छन् ।

तनहुँ क्षेत्र नं. १ को मतगणना मध्यरातिदेखि सुरु भएको थियो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।

आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।



from Online Khabar https://ift.tt/g1MSEO4

No comments:

Post a Comment