Thursday, April 20, 2023

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, गुल्शनलाई बेन्चमा राखेर करण मैदानमा

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ ।

यो खेलमा नेपालले एक परिवर्तन गरेको छ । गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई मैदान उतारिएको छ ।

दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् । नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो । दुवै टोली लगातार दोस्रो खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने योजनामा छन् ।



from Online Khabar https://ift.tt/frCdD6P

No comments:

Post a Comment