Wednesday, April 12, 2023

एसी मिलानले नापोलीलाई हरायो

३० चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अल इटालियन क्वालटरफाइनलको पहिलो लेगमा एसी मिलानले नापोलीलाई १-० ले पराजित गरेको छ ।

इस्माएल बेन्नासेरले गरेको एक मात्र गोलमा मिलानले सिरी ए को शीर्ष स्थानको नापोलीलाई पराजित गरेको हो । जितपछि मिलानले साँघुरो अग्रता बनाएको छ ।

घरेलु मैदान सानसिरोमा भएको खेलमा मिलानका लागि बेन्नासेरले ४०औं मिनेटमा राफेल लआओको पासमा गोल गरेका थिए ।

नापोलीका जाम्बो एङ्गुएसाले ७४औं मिनेटमा दोहोरो पहेंलो  (रातो) कार्ड पाएका थिए ।

मिलान र नापोलीबीचको दोस्रो लेग अप्रिल १९ मा नापोलीको मैदानमा हुनेछ ।

यस खेलको विजेताले सेमिफाइनलमा इन्टर मिलान र वेनफिकाबीचको विजेतासँग खेल्नेछ ।

पहिलो लेगमा इन्टरले वेनफिकालाई २-० ले हराइसकेको छ र सेमिफाइनलमा पनि दुई इटालियन क्लब खेल्ने सम्भावना छ ।



from Online Khabar https://ift.tt/3bWJjCO

No comments:

Post a Comment