Saturday, April 8, 2023

लाम्पार्डको पुनरागमनमा चेल्सी वल्भ्ससँग पराजित

२६ चैत, काठमाडौं । फ्रान्स लाम्पार्डले प्रशिक्षकको रुपमा चेल्सीमा पुनरागमन गर्दा प्रिमियर लिगमा वल्भ्ससँग १-० ले पराजित भएको छ ।

दोस्रो पटक चेल्सीको व्यवस्थापन सम्हाल्न पर्केका लाम्पार्डले हारबाट यात्रा सुरु गरेका हुन् ।

लगातार खराब प्रदर्शनपछि चेल्सीले ग्राहम पोटरलाई बर्खास्त गर्दै क्लबका पूर्व खेलाडी लाम्पार्डलाई सिजनको अन्त्यसम्म कार्यवाहक व्यवस्थापक नियुक्त गरेको थियो ।

वल्भ्सलाई जित दिलाउन माथेउस नुनेजले पहिलो हाफमा गोल गरे । उनले ३१औं मिनेटमा गरेको गोल नै व्ल्भसला२ ३ अंक दिलाउन पर्याप्त भयो ।

हारपछि चेल्सी ३० खेलबा६ ३९ अंकसहित ११औं स्थानमै छ । चौथो स्थानको म्यानचेष्टर युनाइटेड भन्दा चेल्सी १७ अंकले पछि छ ।

वल्भस ३० खेलबाट ३१ अंक जोड्दै १२औं स्थानमा उक्लेको छ ।



from Online Khabar https://ift.tt/PXecqL4

No comments:

Post a Comment