Saturday, April 15, 2023

सशस्त्र प्रहरीको गोताखोरले बालिकालाई निकाल्यो २०० मिटर गहिराइबाट

३ वैशाख, काठमाडौं ।कास्की जिल्लाको पोखरा महानगरपालिका-१५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा भासिएको प्वालमा खसेकी बालिकालाई सशस्त्र प्रहरीले निकालेको छ ।

सशस्त्र प्रहरीको गोताखोरले शनिबार दिउँसो करिब २०० मिटरको गहिराइबाट बालिकालाई निकालेको हो ।

पोखरा महानगरपालिका- ८ नागढुंगा की १२ वर्षीया स्मृति पराजुली खेल्ने क्रमममा प्वालमा खसेकी थिइन् । जानकारी पाएलगलै पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीको टोलीले उनलाई निकालेको हो ।

उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि डाक्टरले बालिकालाई मृत घोषित गरेका थिए।



from Online Khabar https://ift.tt/NV82fy6

No comments:

Post a Comment