Monday, April 10, 2023

सेवा बन्द नगर्न स्मार्ट टेलिकमलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

२८ चैत, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिएको छ ।

दूरसञ्चारले मंगलबार सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा बन्द गर्न नपाइने प्राधिकरणले जनाएको छ ।

स्मार्टको लाइसेन्स आगामी वैशाख २ गते सकिंदैछ तर कम्पनीले देशका केही ठाउँमा आफ्नो सेवाहरू बन्द गरेको छ ।

 

 



from Online Khabar https://ift.tt/WEDmXoc

No comments:

Post a Comment