Monday, April 17, 2023

मलेसियाले टस जित्यो, नेपालले बलिङ गर्दै

५ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियासँग टस हारेर बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गर्न लागेको हो ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेमा ऐतिहासिक रुपमा एसिया कपमा छनोट भएर भारत पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । त्यसैले पनि नेपाली टोली र क्रिकेट समर्थक अहिले उत्साहित छन् ।

मलेसिया नेपालको लागि नयाँ प्रतिद्वन्द्वी होइन । ५० ओभरको खेलमा २०१२ यता खेलिएका पाँच खेलमा नेपाल मलेसियामाथि हाबी छ ।



from Online Khabar https://ift.tt/Tzr3HSG

No comments:

Post a Comment