Friday, April 14, 2023

ब्रुकको शतकमा हैदरावादले कोलकतालाई हरायो

२ वैशाख, काठमाडौं । ह्यारी ब्रुकको शतक मद्दतमा सनराईजर्स हैदरावादले इन्डियन प्रिमियर लिगमा कोलकता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ ।

कोलकताको मैदान एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ब्रुकको अविजित १०० रन मदतमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो । जारी आईपीएलको पहिलो शतक बनाउने क्रममा ब्रुकले ५५ बल खेल्दै १२ चौका र ३ छक्का प्रहार गरे । कप्तान एइडन मार्क्रमले २६ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रन बनाए ।

अभिषेक शर्माले १७ बलमा अविजित ३२ र हेनरिच क्लासेनले ६ बलमा अविजित १६ रन बनाए ।

कोलकताका आन्द्रे रसेलले तीन विकेट लिए ।

२२९ रनको लक्ष्य पछ्याएको कोलकताले ७ विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो । कोलकताका लागि कप्तान नितिश राणाले ४१ बलमा ५ चौका र ४ छक्का प्रहनर गरी सर्वाधिक ७५ रन बनाए ।

यस सिजन लयमा रहेका रिंकु सिंहले ३१ बलमा समान ४ चौका र छक्का पहार गरी अविजित ५८ रन बनाए । एन जगदिसनले २१ बलमा २६ रन बनाए ।

हैदरावादका लागि मार्को जानसेन र मायंक मार्कन्डेले समान २ विकेट लिए ।

दोस्रो जितपछि ४ खेलबाट ४ अंक जोडेको हैदरअवाद सातौं स्थानमा छ ।

दोस्रो हार बेहोरेको कोलकताको पनि समान ४ अंक नै छ तर रनरेटका आधारमा कोलकता चौथो स्थानमै छ ।



from Online Khabar https://ift.tt/RHK59MQ

No comments:

Post a Comment