Sunday, April 9, 2023

दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनल लिभरपुलसँग बराबरीमा रोकियो

२७ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार लिभरपुलसँग २-२ को बराबरी खेलेको छ ।

लिभरपुलको मैदानमा पहिलो हाफमै दुई गोल गरेको आर्सनलले अग्रता जोगाउन नसक्दा अंङ्क बाँड्न बाध्य भएको हो ।

मोहम्मद सलाहाले पेनाल्टी चुकाए पनि वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले ८७औं मिनेटमा गोल गरेपछि लिभरपुलले आर्सनलसँग अंक खोसेको हो ।

आर्सनलका गाब्रिएल जेसस र गाब्रिएल मार्टिनेलीले गोल गरेका थिए । लिभरपुलका लागि मोहम्मद सलाह र रोवर्टो फिर्मिनोले गोल गरे ।

खेलको आठौं मिनेटमा मार्टिनेली र २८औं मिनेटमा जेससले गोल गरेपछि आर्सनलले आधा घण्टा नहुँदै दुई गोलको अग्रता बनाएको थियो । तर आर्सनल त्यसलाई कायम राख्न चुक्यो ।

४२औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । सालहले ५४औं मिनेटमा खेल बराबरी गर्ने अवसर गुमाए । लिभरपुलले प्राप्त पेनाल्टीमा सलाहको प्रहार पोष्ट बाहिर गय ।

तर वैक्लपिक खेलाडी फिर्मनोले ८७औं मिनेटमा गोल गर्दै आर्सनललाई खेल जित्न दिएनन् । त्यसपछि लिभरपुलले लगातार आक्रमक गरेको थियो । अन्तिमतिर आर्सनलका गोलकिपर राम्सडेले दुई सानदार बचाउ गर्दा लिभरपुल सानदार जितबाट बन्चित भयो ।

बराबरीपछि आर्सनलको ३० खेलबाट ७४ अंक भएको छ । दोस्रो स्थानको सिटीभन्दा आर्सनल ६ अंकले अघि छ । एक खेल कम खेलेको सिटीको ६७ अंक छ ।

लिभरपुल २९ खेलबाट ४४ अंकसहित आठौं स्थानमा छ ।



from Online Khabar https://ift.tt/kUvl2P9

No comments:

Post a Comment