Tuesday, March 1, 2022

 आज संसद बैठक बस्दै

१८ फागुन, काठमाडौं । प्रतिनिध सभा (संसद)बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठब बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।

संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् ।



from Online Khabar https://ift.tt/TPmEo5z

No comments:

Post a Comment