Thursday, March 3, 2022

अमेरिकामा एक वर्षमा सवारी दुर्घटनामा परी ४६ हजारको मृत्यु

२० फागुन, वासिङ्टन । सवारी दुर्घटनामा परी अमेरिकामा एक वर्षमै ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार सार्वजनिक प्रतिवेदन अनुसार सन् २०२१ भरीमा ४६ हजार २० को मृत्यु भएको हो ।

परिषद्ले यसअघि सन् २०२० मा भने ४२ हजार ३३९ जनाको मृत्यु भएकाले दुर्घटनामा परी मृत्यु भएकाहरूको सङ्ख्या बढेको देखाएको छ ।

त्यसैगरी सन् २०१९ मा भने ३९ हजार १०७ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको पनि परिषद्ले जनाएको छ ।

‘वार्षिक तथ्याङ्क हेर्दा हामी नराम्रो अवस्थातिर गइरहेको देखिएको छ, त्यसैले सडक सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको छ,’ परिषद्द्वारा जारी वक्तव्यमा लेखिएको छ ।



from Online Khabar https://ift.tt/CLNItO2

No comments:

Post a Comment