Tuesday, March 1, 2022

कांग्रेस कैलाली सभापतिको पुनः मतदान सर्‍यो

१८ फागुन, धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला सभापतिका लागि बुधबार तोकिएको पुनःमतदान सरेको छ ।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सभापति पदका प्रतिस्पर्धी प्रकाश बम र नारायणदत्त भट्टको आपसी सहमतिमा मतदान कार्यक्रम बिहीबार सारिएको जानकारी दिए ।

निर्वाचन अधिकृत सुवेदीका अनुसार बिहीबार बिहान सवा ८ बजेदेखि पुुनःमतदान हुनेछ ।

गत आइतबार भएको मतदानको मत परिणाम अनुसार सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मतदान दोस्रो चरणमा गएको हो ।

पहिरो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रकाश बम (११६९) र अर्का उम्मेदवार नारायणदत्त भट्ट (१०७२)बीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

अर्का उम्मेदवार रामबहादुर कलेल (१९७) भने पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरिएका छन् । कलेलले शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका थिए । बम र भट्ट भने संस्थापन पक्षका उम्मेदवार हुन् ।

दोस्रो चरणमा भने कलेल नै निर्णायक बनेका छन् अब उनले सघाउने उम्मेदवार विजयी हुनेछन् ।

 



from Online Khabar https://ift.tt/4v7wI3R

No comments:

Post a Comment