Wednesday, April 5, 2023

रासफोर्डको गोलमा युनाइटेड विजयी

२३ चैत, काठमाडौं । मार्कुस रासफोर्डले गरेको एक मात्र गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले बुधबार राति प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा रासफोर्डले २७औं मिनेटमा मार्कोस सबितजरको पासमा गोल गरेका थिए ।

जारी सिजन लयमा रहेको रमसफोर्डको प्रिमियर लिगमा यो १५औं गोल भने समग्रमा सबै प्रतियोगितामा गरी २८औं गोल हो ।

युनाइटेडका प्रशिक्षक एरिक टेन हागले समेत गोलका लागि रासफोर्डमा धेरै भर परेको सत्य रहेको स्वीकार गरेका छन् ।

जितपछि युनाइटेड अंकतालिकामा शीर्ष चारमा उक्लिएको छ । युनाइटेड २८ खेलबाट ५३ अंकसहित चौथो स्थानमा छ । तेस्रो स्थानको न्युकासल समान अंक भए पनि गोलअन्तरमा युनाइटेड पछि छ ।

बुधबा र नै भएको खेलमा न्युकासलले वेष्टहम युनाइटेडलाई ५-१ ले हरायो । न्युकासलका लागि कलुम विल्सन र जोएलिन्टनले दुई/दुई तथा अलेजान्डर आइज्याकले एक गोल गरे ।



from Online Khabar https://ift.tt/LQ4V7gK

No comments:

Post a Comment