२५ चैत, काठमाडौं । इटालियन सिरी ए मा यस सिजन गज्जबको प्रदर्शन गरिरहेको नापोलीले शुक्रबार लेसेलाई २-१ ले पराजित गर्दै उपाधितर्फ लम्किएको छ ।
नापोलीले पछिल्लो पटक डिएगो म्याराडोनाको पालामा १९९० मा लिग उपाधि जितेको थियो । ३३ वर्षपछि फेरि लिग जित्ने तयारीमा रहेको नापोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ ।
लेसेको मैदानमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले बराबरी गोल फर्काए । तर ६४औं मिनेटमा लेसेकै एन्टोनियो गाल्लोले आत्मघाती गोल गरेपछि नापोलीले खेल २-१ ले जित्यो ।
आइतबार एसी मिलानसँग ४-० ले पराजित भएको नापोली पुनरागमन गर्दै खेल जित्न सफल भयो ।
यस जितपछि नापोलीले २९ खेल खेलेको बाट ७४ अंक जोडेको छ । २८ खेल खेलेको लाजियो ५५ अंकसहित दोस्रो स्थानमा छ ।
२९ खेल खेलेको एसी मिलान ५२ अंकसहित तेस्रोमा छ ।
नापोलीले अब लिगमा बाँकी ९ मध्ये ४ खेल जितेमा उपाधि पक्का गर्नेछ । अन्य टोलीले नतिजा आफू अनुकुल आएमा त्यो भन्दा अघि नै लिग उपाधि जित्न सक्नेछ ।
लिगकै अर्को खेलमा इन्टरमिलान सालेर्निटानासँग १-१ को बराबरीमा रोकिँदा तेस्रो स्थानमा उक्लने मौका गुमायो । इन्टर २९ खेलबाट ५१ अंकसहित चौथो स्थानमै छ ।
from Online Khabar https://ift.tt/l7s3OIq
No comments:
Post a Comment